स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयााले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाामा निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५०रुपैयाँमा निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय १५ रुपैयाँमानिर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ३५रुपैयाँले घटेको छ ।