कोरियामा ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न दर्शकको घुइचो (भिडियो)

अमिर योञ्जन संवाददाता
दक्षिण कोरिया

असोज ३ गतेबाट नेपालभर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हेर्न कोरियामा दर्शको भीड भएको छ । आइतबार भएको राजधानी सउलमा एकै दिन दुई शो प्रदर्शन गरेको छ ।

द रियल फ्रेन्डको आयोजनामा प्रदर्शन गरेको थियो । लगभग चार सय सिट क्षमता भएको हलमा १ बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि ५ बजेसम्म गरी दुई शो प्रदर्शन गरेको थियो । दुईटै शोमा दर्शकको हाउसफूल रहेको थियो ।

पहिलो शोमा दर्शकको खचाखाच भएपछि दोस्रोको लागि समय तय भएको आयोजकले जनाकारी दिएका थिए । सउल शो लगायत अन्य ६ ठाउँमा प्रदर्शनको तयारी रहेका छन् ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको रिपोर्ट अनुसार, चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । योसँगै हालसम्म यो बर्षकै सर्वाधिक व्यापार गर्ने चलचित्र समेत ‘कबड्डी कबड्डी कबड्डी’ बनेको छ । अन्य कलाकारहरूमा रिश्मा गुरूङ, विजय बराल, पुस्कर गुरूङ, कविता अले, लुनिभा तुलधार, कमलमानी नेपाल, अरूण कार्की, डक्तर सिं गुरूङ, शिला खनाल लगायतका छन् ।

चलचित्रमा नृत्य कोरियोग्राफी रेनिशा बान्तवा रहेको छ भने छायाँकन शैलेन्द्र डी कार्कीको रहेको छ । रामबाबु गुरूङको निर्देशन रहेको चलचित्रलाई मनीराम पोखरेल, अर्जुन कार्की, ओम चन्ड रौनियरले निर्माण गरेको छ ।

 

तपाईको प्रतिक्रिया