तम्बा सङ्घ नेपालका अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङ प्राज्ञ सम्मान २०८० पुरस्कारबाट सम्मानित भएको छ ।
शुक्रवार तामाङ अध्ययन प्रतिष्ठानको स्थापना दिवसमा मोक्तानलाई प्राज्ञ पुरस्कारबाट सम्मानित गरेका हुन् । मोक्तानले विगत २५ वर्षदेखी अनवरत रूपमा तामाङ माैलिक ताम्बा ज्ञान प्रणाली र अभ्यासको अनुसन्धान, लेखन तथा प्रवर्धनमा संलग्न रहि तामाङ राष्टको सांस्कृतिक सम्पदाको संस्थागत विकास तथा संरक्षण र तम्बाला कइरन पुस्तक मार्फत समाजमा पुर्याएको योगदानको सम्मान गर्दै तामाङ प्रज्ञा सम्मान २०८० प्रदान गरेका हुन ।
कार्यक्रममा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जन, अनुसन्धानकर्ता एवं राजनीतिज्ञ सिताराम तामाङले उनलाई तामाङको फेटा, सम्मान पत्र र नगद प्रदान गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. योन्जनले सम्मानित भएका मोक्तानले तम्बा सङ्घ स्थापना गरेदेखि तामाङ समुदायमा धर्म, संस्कृति र परम्पराका विषयमा ओकलत गर्दै आइरहेको प्रति गर्व रहेको बताएका छन् ।
स्थापना दिवसमा अध्ययन प्रतिष्ठानले विभिन्न शीर्षकमा अध्ययन अनुसन्धानका विषयमा कार्यक्रमहरू उद्घोष गरेका छन् ।