तामाङ सेलोको ‘ओइ सोल्टिनी’….

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
63 Shares
काठमाडौं‌

गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।

नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनीश क्षेत्रीले गरिएको हो । अयमी तामाङ, सिद्धार्थ सिलवाल, अनीश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो ।

नेपाली लोक भाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताए ।

अस्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको बिँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आएको थियो । उनी अस्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आएको छ । अयमीका पिता आशबहादुर खास गरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित छन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका