महरामाथि यस्तो हुन सक्छ जेल सजाय

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

शुक्रवार रोशनी शाहीले महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै किटानी जाहेरी दर्ता गरेकी थिईन् ।

आज दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन दुव्र्यवहारको आरोप लागेका महरालाई पक्राउको अनुमति दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो ।

किटानी परेसँगै अदालतको आदेश लिएर प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेसंगै उनीमाथि अनुसन्धान गर्नेछ र अदालतमा पेश गर्नेछ ।

अब २८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ । अदालतमा पेश गरेसंगै प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिन सक्छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको प्रयास गरे त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ ।

यस कानून अनुसार करणी प्रयास प्रमाणित भएमा उनीमाथि साढे तीनदेखि ५वर्ष सम्मको सजाय हुन सक्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका