तम्बा सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु‚ यी विषयमा हुनेछन् प्रशिक्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1099 Shares
काठमाडौं‌

तम्बा सङ्घ नेपालद्वारा तीन दिने कार्यशाला गोष्ठीको आज उद्घाटन भएको छ । आइतबार गोष्ठीको काठमाडौँको बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरिएको हो ।

गोष्ठीको बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग गरेका हुन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्षेत्र विकासका अध्यक्ष लामाले बौद्धनाथ क्षेत्र विकास समितिले तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुर्‍याउने कार्य गर्दै आइरहेको बताए ।

तीन दिनसम्म चल्ने गोष्ठीमा तम्बा सम्बन्धी प्रशिक्षण‚ ज्ञान‚ सीप लगायतका विषयमा चर्चा परिचर्चा र साटासाट गरिने आयोजकले जनाएको छ ।

‘ताम्बा’ तामाङ समाजको एउटा जिउँदो परम्परागत संस्था हो । ताम्बालाई तामाङ समाजको प्रवक्ताको रूपमा र तामाङ इतिहासकारका रूपमा हेरिन्छ । ताम्बाको अहम् भूमिका मूलतः तामाङ विवाहमा प्रदर्शित हुन्छ । उनलाई तामाङ जातिको वंश र वंशावली थाहा हुन्छ । वंशको उत्पत्ति र इतिहासका उनी ज्ञाता मानिन्छन् । कुन कुन थरकाले कुन कुन थरकासँग विवाह गर्न हुने र नहुने, विवाहको विधि विधान र तौरतरिकाको जानकार पनि ताम्बा नै हुन् ।

सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तानका अनुसार डा. मुक्तसिंह थोकर र परशुराम तामाङले ‘तामाङ रिमठिम र तम्बाको भूमिका’, बुद्धछिरिङ मोक्तान र धावावाङ्गेल मोक्तानले ‘छेवर–अभ्यास र व्यवहारिक पक्ष साथै विवाहको सैद्धान्तिक पक्ष’ वीरबहादुर घिसिङले ‘तम्बा नृत्य अभ्यास’ र खोजराज गोलेले ‘तामाङ ज्ञान सत्ता र तम्बा’ विषयमा प्रशिक्षण गरिनेछ ।

कार्यक्रममा रामेछाप‚ दोलखा‚ सिन्धुपाल्चोक‚ काभ्रे‚ मकवानपुर‚ सिन्धुली लगायतबाट तम्बाखोरका सदस्यहरू सहभागी भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया