सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आंकाक्षा पूरा गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल

सैलुङअनलाइन संवाददाता
हेटौँडा

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकांक्षा पूरा गर्न सकिने बताएको छ ।

नेपालीहरुको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसरमा आज एक सन्देशमार्फत शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले विभिन्न चाडपर्वले नेपालीहरुबीच एकता कायम गर्न मद्दत पुगेको बताए ।

‘शरद ऋतुको आगमनसँगै नेपालीहरुको घरआँगनमा आएको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त देश हो । परापूर्वकालदेखि नै चलिआएका हाम्रो अमूल्य निधिका रूपमा रहेका धार्मिक तथा सांस्कृतिक मूल्य मान्यता, रीतिरिवाज, चाडपर्वले विविधताको बीच पनि आपसी शान्ति, प्रेम, भ्रातृत्व र सद्भावको सन्देश दिँदै आएका छन् । यही नै हाम्रो एकताको आधार हो, यही नै हाम्रो पहिचान हो, यसैको जगमा अब सुदृढ वर्तमान र उज्यालो भविष्य निर्माण गर्ने अभिभारा पूरा गर्नुछ’, भिडियो सन्देशमार्फत मुख्यमन्त्री पौडेलले भने ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश नं ३ सरकार दृढतापूर्वक लागिपरेको बताउँदै मुख्यमन्त्री पौडेलले भनेका छ, ‘समृद्धिका लागि हामी सबै नेपालीहरु हातेमालो गर्दै अघि बढौँ भन्ने अपिलसहित पुनः विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

तपाईको प्रतिक्रिया