प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकले “सम्पुर्ण नेपालीहरुको भाषा, धर्म, संस्कृति, भेषभुषा, चाडपर्व तपाई हामीहरुकै पहिचान, यसलाई जोगाइ राख्ने हामी युवाहरुको अभियान” नाराका साथ बडा दशै तथा दिपावलीको साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गर्ने भएको छ ।
समाजले अक्टोबर ११ तारिख शुक्रबार कुर्दिस्तानस्थित होली नवरज हलमा हुने साँस्कृतिक कार्यक्रम बिहान १०.०० बजे सुरु भई साँझ ७.०० बजे सकिने आयोजकले जानकारी दिए ।
प्रत्येक वर्षा झैं समाजले यसपटक पनि कुर्दिस्तानमा रहेका नेपालीहरुका साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिमा बडा दशै तथा दीपावलीको शुभकामना साटासाट गर्ने लागिएको अध्यक्ष नबिनकुमार लामाले बताए । अध्यक्ष लामाका अनुसार कुर्दिस्तानमा रहेका नेपालीहरुलाई नेपालमा रहेर आफ्ना चाडपर्व मनाए जस्तै आभास दिलाउने र छरिएर रहेकाहरुलाई एकीकृत गर्ने उदेश्यले कार्यक्रमका आयोजना गरेका हुन् ।
कार्यक्रम स्थलसम्म पुग्नका लागि समी अब्दुलरहमान पार्कबाट नि:शुल्क यातायातका व्यवस्था गरिएका आयोजकले जानकारी दिए । कुर्दिस्तानमा रहेका विभिन्न सङ्घसंस्थाहरुलाई निमन्त्रणा गरिसकेकाे र छुटेमा यसै समाचारलाई आधारमानी उपस्थित हुन अनुरोध गर्दछु, समाजका अध्यक्ष लामाले भने ।