नेपाली चलचित्र ‘द डार्क एण्ड लाइट’ को प्रिमियर शो अक्टोबर ११ तारिख (युएई) दुबईमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएई (इनासI) आबुधवी क्षेत्रीय समितिले आयोजना गरेको दशै तिहार धमाका २०७६ सांस्कृतिक कार्यक्रममा “द डार्क एण्ड लाइट” को प्रिमिएर शो गर्न लागिको जानकारी दिए ।
कार्यक्रम आबुधवीको मुसाफास्थित मलयाली समाज सभाहलमा हुन लागिएका हुन् । धमाकामा नेपालबाट आमन्त्रित कलाकारहरुसँगै स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुतिरहने क्षेत्रीय समितिका वरिष्ठ उपाध्यक्ष हरि मोक्तानले जानकारी दिए ।
विशेष गरी भूकम्प प्रभावित विद्यालयका सहयोगार्थ राखिएको यस कार्यक्रममा नेपालबाट कलाकार तथा रक गायिका सरस्वती भुजेल र “द भोइस अफ नेपाल सिजन- २”का प्रतियोगी विनय कार्कीलाई आमन्त्रित गरिएको आयोजकले जानकारी दिए ।
आयोजकका अनुसार सोही दिन बेलुका इनास युएईकै आयोजनामा दुबइस्थित अस्टोरिया होटेलको एभरेस्ट क्लबमा गायिका तथा कलाकार भुजेल र गायक कार्कीको साङ्गीतिक कार्यक्रम रहेका छन् ।