अदालतप्रति आस्था र विश्वास बढेको अनुभव गरेको छु :  मुना अधिकारी ढकाल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
742 Shares
रसुवा

तनहुँ जिल्ला स्थायी घर भई हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० काठमाडौँमा बसोबास गरिरहनुभएको मुना अधिकारी ढकाल २०७७ साल चैत २३ गते रसुवा जिल्ला अदालतमा श्रेस्तेदार पदमा कार्यरत हुनुहुन्छ ।

२०६६ सालमा शाखा अधिकृत पदमा निजामती सेवामा प्रवेश गरी यस भन्दा अगाडि सर्वोच्च अदालत,उच्च अदालत ,वैदेशिक रोजगार न्यायाधिकरण हुँदै जिल्ला अदालत रसुवा आइपुग्नु भएको उहाँ १५ वर्षे जागिरे जीवन बिताइसक्नुभएको छ । उहाँले कानुन विषयमा स्नातकोत्तर हासिल गर्नुभएको छ । उहाँसँग समसामयिक विषयलाई लिएर हाम्रो सम्वाददाता सरस्वती न्यौपाने ले गरेको कुराकानी :

रसुवा आउनुभन्दा अगाडि कहाँ हुनुहुन्थ्यो ? रसुवा पहिलो पटक हो कि ?

रसुवा जिल्ला अदालतमा आउनु अगाडि म सर्वोच्च अदालतमा ईजलास अधिकृत पदमा कार्यरत थिए । रसुवा चाहिँ मेरो पहिलो पटक हो ।

अरू जिल्ला भन्दा यस जिल्लामा काम गर्दा तपाईँलाई कस्तो लाग्यो  तपाईँको अनुभव वताईदिनुहोस न ?

जागिरको सिलसिलामा काठमाडौँ उपत्यका भन्दा बाहिरी जिल्लाको अनुभव खासै छैन । यस जिल्लामा विगत ३ वर्ष लामो कार्य सम्पादनको अनुभवको आधारमा भन्नुपर्दा अदालती काम कारबाहीलाई छिटो र पहुँचयोग्य बनाउनका लागि सरोकारवाला निकायहरूका साथै मुद्दाका पक्षहरूबाट एकदमै राम्रो सहकार्य समन्वय भइरहेको छ ।  अदालतले  बनाएको वार्षिक कार्य योजनाको लक्ष्य हासिल गर्नमा सफल भएको र रसुवावासीले सहज रूपमा न्याय प्राप्त गरी अदालतप्रति आस्था र विश्वास  बढ्दै गएको अनुभव गरेको छु ।

रसुवामा प्राय जस्तो कस्ता प्रकृतिको घटनाहरू आउने गर्दछन् ?

मुद्दा दायरीको आधारमा जिल्ला अदालतमा देवानी प्रकृतिका विवादहरू त्यसमा पनि विशेष गरी सम्बन्ध विच्छेदका मुद्दाहरू बढी दायर हुने  गर्दछन् । कुल मुद्दा दायरीको करिब २० प्रतिशत मात्र फौजदारी प्रकृतिका मुद्दाहरू दायर हुने गरेको अवस्था छ ।

तपाईँ यस जिल्लामा कार्यरत रहेको ३ वर्ष भयो र यो ३ वर्ष यता रसुवा अदालतबाट कति मुद्दाहरू फर्छ्यौट गर्नुभयो ?

म यस रसुवा जिल्ला अदालतमा कार्यरत रहँदा आव ०७८/०७९ मा ५७ थान, आव०७९/०८० मा ८१ थान र आव२०८०/०८१ मा हालसम्म ७३ थान गरी जम्मा २११ थान मुद्दा फर्छ्यौट भएको तथ्याङ्कमा छ ।

स्रेस्तादारको जिम्मेवारी बहन गर्दै आफूले गरेका कामबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ ?

व्यक्तिगत अनुभवका साथै अदालती काम कारबाहीका सम्बन्धमा आफ्ना अनुभव व्यक्त गर्ने अवसर उपलब्ध गराइदिनुभएकोमा पत्रकार ज्युलाई धन्यवाद दिन चाहन्छु । यसका साथै अदालती गतिविधिका सम्बन्धमा स्थानीय तथा राष्ट्रिय संचामाध्यमबाट अदालती गतिविधिका सम्बन्धमा सकारात्मक सूचनाहरू प्रवाह गरी अदालतप्रति  रसुवावासीको आस्था र विश्वास बढाउने कार्यमा सधैँ साथ सहयोग गर्नुहुने यस जिल्लाका वरिष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपानेलाई समेत विशेष धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका