तम्बा कार्यशाला गोष्ठी सम्पन्न (फोटो/भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
काठमाडौं‌

तम्बा सङ्घ नेपालद्वारा आयोजित तीन दिने ‘ताम्बा सम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ ।

मङ्गलवार बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा काठमाडौँको बौद्धस्थित याङ्ग्रीमा होटेलमा भएको गोष्ठीको सम्पन्न भएको हो ।

मङ्गलवार समापन समारोहलाई सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुमार लामाले तामाङ समुदायबाट विभिन्न देशको कुनाकन्दराबाट ताम्बाहरु प्रशिक्षणका लागि सहभागी भइदिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘गत वर्षदेखि समितिले तामाङ भाषा, संस्कृति, बौद्ध परम्पराको संरक्षण गर्ने दायित्व बौद्धनाथ क्षेत्र विकास समितिको भएकोले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न समिति हरदम प्रतिबद्ध छ ।’ उनले सबै धर्म, संस्कृतिको संरक्षणको निमित्त काम गर्नु जरुरी रहेको बताए ।

लामाले भने,‘बौद्ध परम्पराअनुसार जेठ महिनामा पाँच सय भन्दा बढी लामाहरूलाई प्रशिक्षण कार्यक्रम राखेको छ ।’

अध्यक्ष लामाले भने,‘आउँदो वर्षहरूमा हाम्रो संस्कृतिहरू जगेर्ना गर्नका लागि धेरै किसिमका कार्यक्रमहरू गरी तामाङ समुदायहरू माथि उठाउनका लागि पहलकदमी हुनेछ ।’

यस्तै कार्यकारी निर्देशक शान्तिमाया बलले यो प्रशिक्षणबाट थप ज्ञान पाएको महसुस गरेकी छन् । उनले यस्तै कार्यक्रमहरूका लागि बौद्धनाथ क्षेत्र विकास समिति सदैव तपाईँहरूको साथ सहयोगका लागि तत्पर रहने बताइन् ।

यस्तै समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले ताम्बाहरुसँग ताम्बासम्बन्धी ज्ञान भएन भने त्यसले तामाङ समुदायको इतिहास र दर्शनमा कार्य गर्न नसक्ने बताए । ‘यस कार्यक्रमले तामाङ संस्कार संस्कृतिको ज्ञानबाट दीक्षित भएको अनुभव गरे’, उनले भने ।

यस्तै सहभागी रहेका कविता थोकरले हामीले हिजोसम्म अभ्यास मात्रै गरिरहेको थियो । तर यस तीन दिनको प्रशिक्षणले सैद्धान्तिक र व्यवहारिक पक्षको ज्ञानको बोध भएको अनुभव सुनाइन् ।

उद्घाटनमा ताम्बा र अन्य सहभागीहरूले डम्फु बजाउँदै झाँकी प्रदर्शन गरेका थिए । झाँकीसँगै र्‍याली कार्यक्रम स्थलतर्फ प्रवेश गरेको थियो ।

कार्यक्रममा धनकुटा, सुनसरी, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ओखलढुङ्गा, कास्की लगायत नेपालका विभिन्न जिल्लाका ताम्बाहरुको सहभागिता रहेका थिए ।

तीन दिने प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई वीरबहादुर तामाङले ‘तम्बा नृत्य’, घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङले ‘तामाङ जातिको सभ्यता र संस्कृतिको पुनर्जागरण’, लेखक तथा अनुसन्धानकर्ता प्रताप बलले ‘नेपाल बाहिरका तम्बा र रिमठिम’, डा. मुक्तसिंह थोकरले ‘तामाङ जाति र तामाङ रिमठिममा ताम्बाको भूमिका’, राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले ‘तम्बा सम्बन्धी विविध जानकारी’ र धावावाङ्गेल मोक्तानले ‘छेवरमा तम्बाको भूमिका र विवाहको दार्शनिक पक्ष’ र लेखक खोजराज गोलेले ‘तामाङ ज्ञान सत्ता र तम्बामाथि’ प्रशिक्षण दिएका थिए ।

सहभागीहरूलाई कार्यक्रममा ताम्बाहरुले यसरी डम्फु बजाउँदै नाचगान गरेका थिए ।

समापन समारोहमा प्रमुख अतिथि समितिका अध्यक्ष लामाले प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिलाई संस्थाको तर्फबाट माया चिनो प्रदान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका