प्रवासी मिलन एकता समाज साउदी अरबले अक्टोबर ४ तारिख शुक्रबार एक विशेष कार्यक्रम गरी बडा दशैको शुभकामना आदानप्रदान गरेको छ ।
समाजले दमामस्थित अल गोसाइब कम्पनीका क्याम्पका सभाहलमा कार्यक्रमका आयोजना गरिएका थिए ।
कार्यक्रममा साउदी अरबका पूर्वी क्षेत्रमा रहेका अन्तर सस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, तमु धी प्रबास शाखाका अध्यक्ष खेम तमु, नेपाल मगर संघका कार्यबाहक अध्यक्ष बम थापा मगर, बरिस्ठ सल्लाहकार खिम गर्वुजा, किरांँत राई यायोक्खा शाखाका उप-महासचिव राई रबिन थुलुङ, नेपाली साझा मञ्चका दमाम संयोजक आदर्श अञ्जान गुभाजु, प्रवासी नेपाली सहयोग युवा मञ्चका सल्लाहकार जित गाहा मगर, तामाङ घेदुङका क्षेत्रीय अध्यक्ष विजय लामा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा समाजलाई स्थापनाकालदेखिनै सहयोग गर्दै आएका गोसाईब कम्पनीका म्यानेजर आरएस कुमारलाई सम्मानपत्रले सम्मान गरिएका थिए ।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष काजी गुरुङले वडा दशैको शुभकामना दिदै कार्यक्रम सफल बनाई दिएकोमा सबैलाई धन्यवाद दिए ।
समाज अल गोसाइब कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको साझा सस्था हुन् । हाल समाजमा २ सयभन्दा बढी सदस्यहरू रहेका अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा समाजका कलाकार खेम राज खनाल, पदम विश्वकर्मा लगायतले बेजोड प्रस्तुति दिएका थिए ।