भियतनाममा सबैभन्दा ठुलो बैङ्क ठगी गर्ने महिलालाई मृत्युदण्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैङ्क ठगी प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठुलो बैङ्क ठगी मध्ये एक भनिएको छ ।

भियतनामको साइगन कमर्शियल बैङ्कबाट ४४ बिलियन डलर ऋण लिएर नतिरेको आरोपमा ६७ वर्षीय ट्रुङ मी लानलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको बिबिसीले उल्लेख गरेको छ । लानले ११ वर्षको अवधिमा बैङ्कबाट ४४ बिलियन डलर ऋण लिएकी थिइन्, जसमा २७ बिलियन डलर कहिल्लै फिर्ता हुन नसक्ने बताइएको छ ।

यस प्रकरणमा २७ सयको बयान लिइएको र यस केसमा १० राज्य अभियोजक तथा करिब २०० वकिल संलग्न रहेको रिपोर्टमा उल्लेख छ । यस केसको प्रमाण १०४ बक्समा राखिएको छ, जसको वजन ६ टनभन्दा बढी रहेको बताइएको छ । ल्यानसँगै ८५ जनालाई मुद्दा चलाइएको थियो ।

यस प्रकरणले भियतनामका दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीहरूलाई राजीनामा दिन बाध्य पारेको र सयौँ अधिकारीहरूलाई जेल हालेको छ । यस क्रममा पछिल्लो पटक देशकै धनी महिलामध्ये एक लान पनि सोही पङ्क्तिमा सामेल भएकी छन् ।

लान चिनियाँ९ भियतनामी परिवारकी हुन् । उनी भियतनामी अर्थतन्त्रको इन्जिन मानिने हो ची मिन्ह शहरकी हुन्, जसलाई दक्षिण भियतनामको कम्युनिस्ट विरोधी राजधानीको रूपमा समेत चिनिन्छ । उनले आफ्नी आमासँग कस्मेटिक्स बेच्ने बजार स्टल विक्रेताको रूपमा क्यारियर सुरु गरेकी थिइन्, तर कम्युनिष्ट पार्टीले १९८६ मा डोई मोई भनेर चिनिने आर्थिक सुधारको अवधिमा सुरु गरेपछि जग्गा र सम्पत्ति किन्न थालेकी थिइन् ।

यद्यपि भियतनाम देश बाहिर यसको द्रुत९बढ्दो उत्पादन क्षेत्रको लागि चिनिन्छ, चीनको लागि वैकल्पिक आपूर्ति शृङ्खलाको रूपमा, धेरै धनी भियतनामीहरूले आफ्नो पैसा विकास र सम्पत्तिमा लगाए । सबै जग्गा आधिकारिक रूपमा राज्यको स्वामित्वमा छ । यसमा पहुँच पाउनु प्रायः राज्यका अधिकारीहरूसँगको व्यक्तिगत सम्बन्धमा निर्भर हुन्छ । २०११ सम्म लान हो ची मिन्ह सहरमा एक प्रसिद्ध व्यापारिक व्यक्तित्व थिइन्, र तिनलाई तीन वटा साना, नगद९बन्दी भएका बैङ्कहरूलाई ठुलो संस्थामा मर्जर गर्ने अनुमति दिइएको थियो ।

भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई कुनै पनि बैङ्कमा ५ प्रतिशत भन्दा बढी शेयर राख्न निषेध गर्दछ । तर अभियोजकहरूले लानले सयौँ शेल कम्पनीहरू र उनको प्रोक्सीको रूपमा काम गर्ने व्यक्तिहरू मार्फत साईगन कमर्शियल बैङ्कको ९० प्रतिशत भन्दा बढी स्वामित्व आफूसँग राखेकी थिइन् ।

उनीहरूले त्यो शक्ति प्रयोग गरेर आफ्नै मानिसहरूलाई प्रबन्धकको रूपमा नियुक्त गरेको र त्यसपछि उनीहरूलाई आफूले नियन्त्रण गरेको शेल कम्पनीहरूको नेटवर्कमा सयौँ ऋण स्वीकृत गर्न आदेश दिएको आरोप लगाएका थिए । त्यस्तै उनले लिइएको रकम बैङ्क सम्पूर्ण ऋणको ९३ प्रतिशत भन्दा बढी रहेको बताइएको छ ।

अभियोजकहरूका अनुसार, फेब्रुअरी २०१९ देखि तीन वर्षको अवधिमा, उनले आफ्नो ड्राइभरलाई करिब ४ बिलियन डलर भन्दा बढी नगद निकाल्न र आफ्नो ढुकुटीमा राख्न आदेश दिएको पाइएको थियो । यति धेरै नगद, भियतनामको सबैभन्दा ठुलो मूल्यको बैङ्क नोटमा भए पनि, दुई टन तौल हुने बताइन्छ ।

उनीमाथि यस विषयको अनुसन्धान गर्ने केन्द्रीय बैङ्कका इन्स्पेक्टरलाई ५० लाख डलर घुस दिएको समेत आरोप रहेको छ । अदालतको फैसला आएपछि पनि अहिले भियतनाममा उनी कसरी यति लामो समयसम्म कथित ठगीलाई निरन्तरता दिन सक्षम भइन् भन्ने प्रश्न पनि उठिरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका