जिल्ला प्रशासन, काठमाडौंले निषेधाज्ञा हटायो

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडौं

गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रसम्म लगाएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको वक्तव्य अनुसार सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ ।

सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पु¥याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया