कालोपत्र उप्किएपछि जोखिमपूर्ण यात्रा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
ढोरपाटन

बागलुङ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वषौैंँदेखि स्तरोन्नती हुनसकेको छैन । कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ । घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला(ठूला खाल्डा परेका छन् ।

दैनिक सयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन सडकको खाल्डोमा गाडी फसेर ट्राफिकजाम हुने गरेको छ । विशेषगरि बडिगाड र गलकोट खण्डमा सबैभन्दा धेरै कालोपत्र उप्किएको छ । खाल्डोमा टायर अड्किँदा घण्टौँसम्म रोकिनुपर्ने सवारी चालक मीनबहादुर सुनारले बताए ।

दुई वर्षदेखि सडकमा खाल्डाखुल्डी पर्न थालेपनि अहिलेसम्म मर्मत नहुँदा सडक कुरुप बन्दै गएको उनजको भनाइ छ । उनले भने, “कालोपत्र गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठिक हुन्छ, दुई दुई पाइलामा खाल्डा छन्, गाडीको टायर तर्काउनै सकिन्न ।”

सडकका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने स्थानीयवासी प्रेमबहादुर पुनले बताए । मोटरसाइकल चालक तीव्र गतिमा आउने र खाल्डा नदेख्दा उछिट्टिएर लड्ने गरेको उनले बताए ।

“यो राष्ट्रिय लोकमार्ग हो, सडक बिग्रिएको यतिका समय बित्दा मर्मत हुँदैन”, पुनले भने, “यो बाटोमा दिनदिनै मान्छे लड्छन्, कोहीले बाइक लडाउँछन्, गाडीनै बिग्रार्छन्, मान्छे नलडेको दिन छैन ।”

सोही लोकमार्गकै बागलुङ घोडाबाँधे खण्ड २५ वर्षअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुले सास्ती भोग्दै आएका छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले काम नगरेपछि माथिल्लो खण्डको ठेक्का तोडेको छ । तल्लो खण्डमा सुस्त गतिमा काम भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले मर्मत सम्भारका लागि दुई वर्ष अगाडि ठेक्का लगाइ काम भइरहेको बताए । उप्किएको लोकमार्गको कालोपत्र मर्मतको काम थालिएको उनको भनाइ छ ।
घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन खण्डमा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको शर्माले बताए । आगामी असार मसान्तसम्म खाल्डाखुल्डी पुरिसक्ने उनको भनाइ छ । हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया