स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपैयाँमा निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपैयाँमा निर्धारण भएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1