राष्ट्रपति पौडेल तनहुँमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
दमौली

तनहुँ राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आएको छ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँ सुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएको हो ।

राष्ट्रपति पौडेल पहिला तनहुँ सुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताए ।

व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँ सुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँ सुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा छ करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरु भएको थियो ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका