रेडियो श्वेत शार्दूलमा तीन महिने इन्टर्नसिप सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन
224 Shares
काठमाडौँ 

रेडियो श्वेत शार्दूलमा पत्रकारिताका विद्यार्थीहरूका लागि तीन महिने इन्टर्नसिप कार्यक्रम सोमबारदेखि सुरु भएको छ । सहभागीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै रेडियोले ‘इन्टर्नसिप कार्यक्रम–२०२४’ औपचारिक रूपमा सुरु गरेको हो ।मदन भण्डारी फाउण्डेसनको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् फाउण्डेशनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले सहभागीहरूलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले पत्रकारिताका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र अभ्यासको कमी हुन नदिन रेडियो श्वेत शार्दूलले काम गरिरहेको बताए । श्वेत शार्दूलसँग प्राविधिक रूपमा आधुनिक उपकरण र आवश्यक पूर्वाधारयुक्त स्टुडियो भएकोले तीन महिनाको अभ्यास पछि सहभागीहरूले व्यावसायिक फड्को मार्ने विश्वाससमेत उनले व्यक्त गरे ।‘यो इन्टर्नसिप कार्यक्रम सिद्धान्त र अभ्यासको मिलन हो,’ भण्डारीले सहभागीहरूलाई सफलताको शुभकामना दिदै भने । उनले समाजलाई व्यावसायिक पत्रकारको खाँचो रहेकोमा इन्टर्नसिप कार्यक्रमबाट उत्पादन हुने जनशक्तिले त्यसको अभावलाई केही हदसम्म परिपूर्ति गर्नु पर्ने बताए ।

वैशाख तीन गतेदेखि सुरु भएको इन्टर्नसिपमा मदन भण्डारी मेमोरियल, बज्र इन्टरन्याशनल, रत्नराज्य लगायतका क्याम्पसहरूबाट १२ जना पत्रकारिताका विद्यार्थीहरू सहभागी छन् । दुई दर्जन भन्दा बढी आवेदकहरूबाट आवश्यक योग्यता पुगेका १२ जनालाई छनौट गरिएको इन्टर्नसिप कार्यक्रमका संयोजक सुप्रिया राईले बताए ।रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले सहभागीहरूलाई स्थापित रेडियो तथा टेलिभिजन स्टेसन र अनलाइन मिडियाको अवलोकन भ्रमण गराउनुका साथै व्यावसायिक रूपमा सफल पत्रकारहरूसँग निरन्तर भेटघाट र अन्तरक्रिया गराइने जानकारी दिए ।

सो अवसरमा मदन भण्डारी मेमोरियल कलेजका सहायक क्याम्पस प्रमुखहरू कमल न्यौपाने, प्रज्वलमान श्रेष्ठ र चक्रपथ डट कमका सम्पादक दिनेश घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै सफलताको कामना गरे ।मदन भण्डारी फाउण्डेशनद्वारा प्रवर्द्धित एवम् मदन भण्डारी मेमोरियल कलेजद्वारा सञ्चालित रेडियो श्वेत शार्दूल काठमाडौंको नयाँबानेश्वरबाट प्रसारित हुने शैक्षिक -सामुदायिक रेडियो हो । ९३।६ मेगाहर्जमा प्रसारित हुने यस रेडियोलाई हाम्रो पात्रो एप, स्टेसनको वेभसाइट र सामाजिक सञ्जालबाटसमेत सुन्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका