प्रवासी नेपाली एकता मञ्च साउदी अरबले बडा दशै, तिहार, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदान तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरेको छ ।मञ्चले रियादस्थित रमदा होटेलका सभाहलमा अक्टोबर ४ तारिख शुक्रबार एक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि साउदीका लागि नेपाली राजदूत प्रो.डा. महेन्द्रसिंह राजपुतले शुभकामना दिदै मञ्चले चाडपर्वहरुको संरक्षण र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धनका प्रचारप्रसार लागि व्यस्तताका बाबजुद बृहत कार्यक्रम गरेकोमा धन्यवाद दिए । राजदूत सिंहले समृद्धि नेपाल र सुखी नेपाली बनाउका लागि नेपाल सरकारले पर्यटनलाई विशेष प्रथामिकता दिनेगरी ल्याएको नेपाल भ्रमण वर्ष २०२० का लागि साउदीबाट समेत पर्यटन पठाएर सहयोग गर्नुपर्ने बताए । राजदूत सिंह भने, ‘यसअघि साउदीबाट रहा मुहारक नाम गरेकी महिलाले पहिलोपटक सागरमाथा आरोहण गरेर नेपालका पर्यटन क्षेत्रमा अरबियनहरुको पनि लगाव रहेको स्पष्ट हुन्छ ।’
साउदीका हायल र दमामका गभर्नरहरुले उच्चस्तरीय भेटघाटका क्रममा भिजिट नेपाल(२०२०का लागि सरकारी तवरबाट सहयोग गर्ने प्रतिबद्धता गरेको बताए ।
विशेष गरी अरब मुलुकका पर्यटकहरुलाई मस्जिद र सुबिधायुक्त थ्रीस्टार फाइभस्टार जस्ता होटेलहरुका बारेमा बृहत जानकारी गराउन सके पर्यटन वर्ष सफल हुञ्छ भन्ने मलाई लाग्छ, राजदूत सिंहले भने । उनले मेरो राजनीति आस्था मात्रै ठिक भन्ने गलत प्रवृत्तिका जमातहरुलाई मञ्चले आयोजना गरिएका कार्यक्रमका उपस्थित व्यक्तित्वहरुले कडा जबाफ दिएको बताए ।
समारोहमा नियोग उपप्रमुख दिलिप पौडेलले शुभकामना मन्तव्य राख्दै नेपाल पर्यटन वर्ष २०२०लाई प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रम गरेकोमा खुशी लागेको बताए । नेपाल सरकारको तर्फबाट प्रत्येक भेटघाट तथा विभिन्न बैठकहरुमा नेपालका बारेमा जानकारी दिदै नेपाल भ्रमणका लागि आग्रह गर्दै आइरहेकाले आवश्यकता अनुसार दूतावासले विभिन्न सङ्घसंस्थाहरुसँग सहकार्य गर्छौं, उपप्रमुख पौडेलले भने ।
कार्यक्रममा श्रमसहचारी अम्बिका प्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्दै नेपालीहरुले आफ्ना मुलुकमा अधिकार मात्रै खोज्ने होइन धेरैभन्दा धेरै पर्यटन भित्र्याउन सहयोग गरी दायित्व पनि पूरा गर्नुपर्ने बताए । उनले थपे( भिजिट नेपाल(२०२०का लागि नेपाल सरकारले २० लाख पर्यटन भित्र्याउने अभियान चलाइरहेका बेला प्रवासमा रहेका नेपालीहरुले दुईजना बराबर एकजना पर्यटक पठाउन सकेमा सरकारले चलाएको अभियान सजिलै सफल हुञ्छ । नेपालका विभिन्न भौगोलिक सुन्दरताहरु, हिमालहरु, विभिन्न खेलहरु, जङ्गली पशुपञ्छिहरू लगायतका बारेमा सामाजिक सञ्जाल तथा कम्पनीका व्यवस्थापनलाई बुझाउन सकेमा समेत पर्यटन वर्ष फलदायी हुनेछ, श्रमसहचारी अधिकारीले भने ।
समारोहमा नेपाली जनसम्पर्क समिति साउदीका सभापति दिपक रेग्मीले शुभकामना दिदै भिजिट नेपाल(२०२० समृद्धि नेपाल र सुखी नेपाली कार्यान्वनमा नआएको नारा मात्रै सीमित भएको बताए । सभापति रेग्मीले थपे- भ्रमण वर्षलाई कार्यान्वनमा ढिला नगरी सबैले आआफ्ना ठाउँबाट अनुमानित बजेट सहित सबै खाले प्याकेजका जानकारी दिनुपर्छ ।
कार्यक्रममा अन्तर संस्था समन्वय समिति रियाका अध्यक्ष अमृत पौडेलले शुभकामना मन्तव्य राख्दै सबैले आआफ्नो ठाउँबाट प्रचारप्रसार गर्न सकेमा भिजिट नेपाल(२०२० पर्यटन वर्षलाई धेरै टेवा पुग्ने बताए । साउदीबाट नेपाल पर्यटन भित्र्याउन सबै सङ्घसंस्थालाई अनुरोध गर्दै आफ्ना तर्फबाट एकजना भए नि भित्र्याउने अध्यक्ष पौडेलले प्रतिबद्धता गरे । प्रविधिको युग आएकाले मोबाईल एप्सबाट पनि धेरै कुराहरू विदेशीलाई देखाउन सक्ने भएकाले प्रविधिको सदुपयोग गरी प्रवासमा रहेकाहरुले सक्दो पर्यटक नेपाल भित्र्याउन सहयोग गर्नुपर्छ अध्यक्ष पौडेलले, भने ।
कास्की समाजका अध्यक्ष अमर सापकोटा, अन्तर्रा्ष्ट्रिय साहित्य समाजका अध्यक्ष नमराज लामिछाने,जिफण्ट साउदीका अध्यक्ष बुद्धिमान विश्वकर्मा,नेपाली एकता समाजका अध्यक्ष खेम राज भट्ट,दलित एकता सञ्जालका अध्यक्ष देवेन्द्र विश्वकर्मा, मिथिला एकता समाजका अध्यक्ष बिपिन पाठक, सिटि एक्सप्रेसका कण्ट्री मेनेजर जितेन्द्र थपलिया, ग्लोबल आईएमईका कण्ट्री मेनेजर राम बहादुर थापा, नेपाल इम्भेस्टमेण्ट बैङ्कका कण्ट्री मेनेजर निरज सिंह, पारिवारिक समाजका कोषाध्यक्ष मदन ओडारी, तत्कालीन नेपाली मञ्चका पूर्वाध्यक्ष बलराम गिरी, प्रगतिशील मञ्चका पूर्वाध्यक्ष कमल शाही निर्मल, एनए मिडियाका प्रधान सम्पादक श्रीकृष्ण श्रेष्ठ, नेपाली साझा मञ्चका रियादका संयोजक विष्णु घिमिरे, एनआरएन साउदीका उपाध्यक्ष भोला रिजाल, काभ्रे सेवा समाजका महासचिव सुरेसराज त्रीपाठी, लगायतले शुभकामना राखेका थिए ।
आयोजकले कार्यक्रममा उपस्थित सबैलाई भिजिट नेपाल(२०२० लेखेका र भिजिट नेपालका लोगो भएका टी(शर्ट निस्शुल्क उपलब्ध गराएका थिए ।
मञ्च सदस्य बाबुराम बुढा मगरले स्वागत मन्तव्य राखेका कार्यक्रमका सभापति अध्यक्ष शिब राज जैसी (रविकिरण) रहेका थिए । कार्यक्रमलाई मञ्चका सदस्य अमर श्रेष्ठले सञ्चालन गरेका थिए ।