पोखरामा दुर्घटनामा चिनियाँ पर्यटक घाइते

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
पोखरा

 

पोखराको राष्ट्रबैंक चोकमा भएको दुर्घटनामा परी ८ चिनियाँ पर्यटक घाइते भएका छन् ।

विहिबार बिहान पोखराको राष्ट्र बैंक चोकमा माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार ८ चिनियाँ पर्यटक घाइते भएको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानकारी दिएको छ ।

रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र बा१प ८५१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका थिए ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका