गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ : प्रधानमन्त्री ओली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएको छ ।

बडादशैँंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा अघि बढेको बताएको छ ।

‘यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ’, उनले भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा मिलोस् ।’

सन्देशमा प्रधानमन्त्रीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु नहुने कुरामा विशेष जोड दिएको छ । ‘छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा स्नेह, ममता र सद्भाव फैलियोस् भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ’ उनले भने, ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसलाई निरन्तरता दिन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैमा आग्रह गर्दै हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ, भने । यसमा पनि ध्यान दिन जरुरी छ, उनले सन्देशमा भनेको छ, ‘हामी नेपालीहरुको महान् चाड वडादशैँका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीले दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनः मिलनको चाड भएको उल्लेख गरेको छ । ‘दशैँ आफन्तहरुको बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताका साथ मनाइने चाड हो,’ उनले सन्देशमा भनिएको छ– ‘यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका