काभ्रेमा वडाध्यक्षमाथि गोली प्रहार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काभ्रे
सांकेतिक तस्वीर

रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष मिलन लामा र सोही गाउँका लोकविर तामाङ माथि आइतबार राती गोली प्रहार भएको छ ।

फूटवल प्रतियोगिताको बारेमा विवाद हुँदा वडाध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गोली प्रहार गरेको हो । पेस्तोल निकालेर अनुपबुद्धले वडाध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा भित्तामा लागेको थियो ।

इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर धर्मजंग थिङले घट्नाको पुष्टि गरेका छन् । ‘फूटबल प्रतियोगिता र क्लबको विषयमा छलफल गर्दै गर्दा विवाद भएपछि त्यहीं निहुँमा पेस्तोल निकालेर लामाले भित्तातिर गोली हानेछ’, इन्स्पेक्टर थिङले भने, ‘गोली लागेको स्थानमा खल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ ।’

गोली प्रहारपछि लामा फरार रहेको प्रहारीले जानकारी दिएको छ । अनुपले प्रयोग गरेको पेस्तोल कुन हो गोलीको ल्याब टेस्ट गरेर मात्र पत्ता लाग्ने थिङले बताए । अहिले नाकाहरु ब्लक गर्ने र उनको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

लोकविर समाजवादी युवा संघको केन्द्रीय सचिव मन्जु मिक्चन तामाङको दाइ हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया