ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरू

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
ढाका

दक्षिण एशियाली मुलुक बङ्गलादेशको डेरी, पोल्ट्री तथा अन्य पशुपन्छी क्षेत्रमा लगानीका अवसर र उन्नत प्रविधिबारे जानकारी गराउने उद्देश्यले बङ्गलादेशको पशुपन्छी उद्योगको अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शनी बिहीबारदेखि ढाकामा शुरु भएको छ ।

बङ्गलादेश डेरी फार्मर्स एसोसिएसन ,बीडीएफए र बङ्गलादेश पोल्ट्री उद्योग केन्द्रीय परिषद् ,बीपीआईसीसी०को आयोजना तथा मत्स्य तथा पशुपन्छी मन्त्रालय र बङ्गलादेश सरकारको युवा विकास निर्देशनालयको सहकार्यमा आयोजित दुईदिने प्रदर्शनीमा ठूलो सङ्ख्यामा डेरी फार्म, ग्राहक र आगन्तुकहरूको सहभागिता रहेको छ । बङ्गोबोन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ,बिआइसीसीको छेउमा शेर–ए–बङ्गला नगरस्थित पुरानो व्यापार मेला मैदानमा प्रदर्शनीको उद्घाटन गरिएको थियो ।

मेलामा देशभरका पोल्ट्री तथा डेरी क्षेत्रका करीब तीन हजार कृषकले आफ्ना पशुपङ्क्षी प्रदर्शन गरेका थिए । प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल राखिएको आयोजकले जनाएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । उहाँले किसानहरूको भेलालाई सम्बोधन गर्दै देशमा प्रोटिनको बढ्दो मागलाई पूरा गर्न पशुपन्छी क्षेत्रलाई थप फस्टाउने गरी अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो ।

मूल्य अभिवृद्धिका लागि आधुनिक प्रविधि अपनाएर खेतबारी र किसानको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको र यसले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा योगदान पु¥याउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका