ह्योन्जन वंश भेला सम्पन्न, ७ बुँदे ह्रिस्याङगो घोषणा पत्र जारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
553 Shares
सिन्धुपाल्चोक

ह्योन्जनको सामुहिक कूलपूजा र ऐतिहासिक ह्योन्जन भेला सम्पन्न भएको छ ।

लिसंखुपाखार गाउँपालिका–२ लिसंखु ह्रिस्याङ्गोमा रहेको छ्योइफेल कुन्देलिङ गोन्पामा बैशाख ६ र ७ गते सम्पन्न भएको हो ।

ह्योन्जन वशं समाजले तामाङ जातिको ह्योन्जन थरका कुलपूजा परम्परालाई यथावत् र विश्वका ह्योन्जनलाई एकताबद्व बनाउने उद्देश्यकासाथ भेला आयोजना गरिएको हो ।

ह्योन्जनको थातथलो सिन्धुपाल्चोकको भएको ऐतिहासिक भेलामा देश तथा विदेशबाट ह्योन्जनहरु सहभागी भएका थिए । नेपालको ४४ वटा जिल्ला, भारतको सिक्किम, दार्जिलिङ, मिरिक, खार्साङलगायतका स्थानहरुबाट ३१० जना प्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेका थिए ।

भेलामा ६ गते सामुहिक कूलपूजा गरिएको थियो । त्यस्तै गोन्पाका लामाहरुले लामा छ्याम (नृत्य), स्थानीय कलाकारहरुले ताम्बा गीत र नृत्य प्रस्तुत गरिएको थियो । भेलामा योन्जन वंशको शफ्टवेरको विकास र तथ्यांक विवरण भर्ने सम्बन्धी प्रशिक्षण समेत भएको थियो ।

त्यस्तै भेलाको समापनको दिन ८ रोपनी जग्गा दान गर्ने स्थानीय दाताहरुलाई सम्मान, व्यवस्थापन गर्ने स्थानीय र सहभागी सबैलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

भेलाको समापन समारोहलाई सम्बोधन गर्दै प्रत्येक ५/५ वर्षमा यस्तो कार्यक्रम गरिने समाजको अध्यक्ष महेन्द्रजंग तामाङले बताए ।

‘ह्रिस्याङगो घोषणा पत्र’

२०८१ बैशाख ६ र ७ गते, ह्रिस्याङगो

लिसंखुपाखर —२, सिन्धुपाल्चोक ।

हामी लिसंखुपाखर गाउँपालिका वडा नं—२, ह्रिस्याङ्गोमा ह्योन्जन वंशको सामुहिक कुल पूजा तथा ऐतिहासिक भेला–२०८१ मा सहभागी हुनु भएका संसारभरीका ह्योन्जन सन्तानहरुले आफ्नो परम्परादेखि चलिआएको ‘कुलपूजा परम्परा’ आज मिति २०८१ बैशाख ६ गते ९तदनुसार २०२४ अप्रील १८० मा भव्यताकासाथ ‘सामुहिक रुपमा’ सम्पन्न गरेका छौं । यसै अवसरमा हामी ‘ह्योन्जनहरुको ऐतिहासिक भेला’ पनि यही बैशाख ७ गते सम्पन्न गरेका छौं ।

यस पावन अवसरमा देश विदेशबाट पाल्नु हुने समस्त ह्योन्जन सन्तानहरुका तर्फबाट निम्न प्रतिबद्धता जाहेर गर्दै यो ह्रिस्याङगो घोषणा पत्र जारी गर्दछौं ।

१, कुलपूजा परम्परालाई यथावत् राख्न र एकरुपता दिन जरुरी भएकाले प्रत्येक ५ वर्षमा एक पटक सामुहिक रुपमा भेला हुने र ‘कुलपूजा’ गर्ने परम्परालाई कायम राख्ने घोषणा गर्दछौं ।

२, ह्योन्जन समाजको बंशावलीलाई पूरा गर्न शफ्टवेरको विकास गरिएको हँुदा ह्योन्जनहरु जहाँजहाँ रहेपनि आगामी ५ वर्षभित्रमा सबैले आआफ्नो तथ्याङ्क९डाटा० भरी सक्ने र बंशावली लेखन कार्यलाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछौ ।

३, ह्योन्जन समाजको ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका स्थान, लेख, ताम्रपत्र, शनदपत्र, रुक्कापत्र, फाराप, दोङराप, केरापआदि दस्तावेजहरुको खोज, अनुसन्धान, संकलन एवं विश्लेषण गर्ने र त्यसलाई टुङ्गोमा पु¥याउन लागि पर्ने प्रतिबद्धता जाहेर गर्दछौ ।

४, ह्रिस्याङ्गो आसपासको क्षेत्र ठुलो धादिङ, वाफललगायतका क्षेत्रमा रहे भेटिएका ऐतिहासिक, धार्मिक, साँस्कृतिक महत्वका वस्तुहरुको संरक्षण, विकास र प्रवद्र्धनका लागि आवस्यक कामलाई अघि बढाउन आवश्यक सबैखाले पहलकदमी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

५, ह्रिस्याङ्गोमा रहेको पुरानो ध्याङ डाँडा ९लगभग १२ सय वर्ष पुरानो गुम्बा०, ङ्हारदिम ९रुवाङ्छु म्हेमेले बनाउनु भएको ढुंगामाटोको पहिलो घर० कालो पाटी आदिको संरक्षण र विकास के कसरी गर्ने भन्ने विषयमा छलफल गरी डिपिआर बनाउने र ह्रिस्याङ्गोलाई एउटा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

६, यो सबै कार्य गर्न आर्थिक, भौतिक एवं बौद्धिक ज्ञानको आवस्यकता हुने हुँदा त्यसका लागि आ–आफ्नो ठाँउबाट हामी सबैले पहल गर्ने र आँटेको कार्य पूरा गर्नका लागि लागीपर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

७। ह्योन्जन वंशको विकासका लागि ह्योन्जन विकास कोष निमार्ण गर्ने अभियानलाई तत्काल प्रारम्भ गर्ने ।

अन्तमा, कुल देवता लामाकोन्ज्यो महांकाल (गोम्पो छ्रयासी) ले हामी सबैको कल्याण गरुन् । हामी यही प्रर्थना गर्दछौं ।

जय ह्योन्जन वंश । जय महाँकाला ।

थुजेसे।

मिति स् २०८१ बैशाख ६ र ७ गते (तदनुसार २०२४ अप्रील,१७ र १८)

तपाईको प्रतिक्रिया