नमोबुद्ध न्युजद्वारा सञ्चालित हाम्रो सेलो घर सञ्चालनमा आएको छ ।
शुक्रवार जोरपाटीस्थित हाम्रो सेलो घरको सभा हलमा नेपालीको शान, सेलो हाम्रो पहिचान, विविधतामा एकता, सेलो घरको विशेषता भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको हाम्रो सेलो घरको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो ।
सेलो घरमा अब प्रत्येक हप्ता डम्फु र टुङ्नाको धुन सँगै विभिन्न खालका मौलिक भाकाहरूको साथमा सेलो, म्हेन्दोमाया, खान्दोके भाका लगायतका गीतहरू प्रत्यक्ष रूपमा घन्किनेछ ।
कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरूले संस्कार,संस्कृति मौलिकता जोगाउने अभियानमा हाम्रो सेलो घर एक कोशेढुंगा साबित हुने बताएका थिए ।
समारोहमा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रवीण कुमार बल, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजन, म्हेन्दोला फोले फाउन्डेसनका अध्यक्ष सुनिल लामा, प्रशिक्षक विकाश देव योञ्जन, तामाङ चलचित्र निर्देशक सङ्घका अध्यक्ष के।बी। घिसिङ, उपाध्यक्ष एवम् तामाङ चलचित्रका महानायक अमिर दोङ, तामाङ चलचित्र सङ्घका सचिव उत्तर लामा, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष पोङ्दिला च्याङ्बा लगायत अन्य थुप्रै कलाकार तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेका थिए ।
संस्कार, संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलो घरको स्थापना गरेर सञ्चालनमा ल्याइएको घरका सञ्चालक छेडुप तामाङले बताए ।