पत्रकार शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो।

ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।

हाम्राकुराका सम्पादक शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवार भएर पत्रकारीता गर्न प्रेरित गर्ने बताए । उनले यो पुरस्कारले देश र जनताको पक्षमा रहेर पत्रकारीता गर्ने आफ्नो अभियानलाई अझ उत्साहित गरेको बताएका छन् ।

शिवाकोटीले दुई दशकदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आइरहेका छन् ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्णवहादुर महरा बारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । सोही पाश्चत महराले पदबाट राजीनामा दिएका थिए ।

समाचार प्रकाशनसंगै सम्पादक शिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका