असिनाले धान बाली नष्ट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
म्याग्दी

म्याग्दीको बेनी नागरपालिका- २ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु¥याएको छ ।
गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पु¥याएको हो । पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन् ।

असी प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए । ‘हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ’, थापाले भने, ‘सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछाैं ।’ भकुण्डे धानबालीको पकेट क्षेत्र हो । धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पु¥याएको छ ।

मङ्गलबार दिउँसो २ बजेदेखि करीब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ । आफन्तकहाँ दशैँमा टीका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन् ।

खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी-0बरञ्जा, बेनी-भकिम्ली, बेनी-दरवाङ, बेनी-पाखापानी, सिमलचौर-कुहुँ, बेनी-भगवती, बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका