२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा पनि लाङटाङ सुरक्षा चौकीसँगै गाडिएका नेपाली सेनाका १० सैनिकको सम्मानमा लाङटाङमा स्मारक निर्माण गरिएको छ ।
२०८१ साल वैशाख १२ गते ९ वर्ष पुगेको उपलक्ष्यमा हिम पहिरोमा परि ज्यान गुमाएका नारायण दल गणका सुरक्षा वेशका सकल दर्जा, स्थानीय बासिन्दा र पर्यटकहरूको सम्झनामा विष्णु दल गणद्वारा तत्कालीन सुरक्षा वेश रहेको ठाउँमा निर्माण गरिएको स्मृति स्मारिकाको वैशाख १२ गते नम्बर ६ बाहिनी अड्डाका बाहिनिपतिद्वारा जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा स्थानीय परम्परा अनुसार अनावरण गरी झन्डा राखिएको थियो ।
७ माने (प्रार्थना चक्र) जडान गरी स्थानीय संस्कृति र परम्परा अनुसार हराएका १० सैनिक, २ सय १ नेपाली सहित १ सय ७५ स्थानीय बासिन्दा र ३८ जना बिदेसी लगायत पदयात्री र अपरिचित सबैको सम्झनामा यो प्रार्थना झन्डा फराइएको विष्णु दल गणका गणपति कर्णेल विक्रम थापाले जानकारी दिए ।यो निर्माण गर्न १ महिना लागेको र श्रमदान विष्णु दल गणका बिएनका सिपाहीहरूले गरेको उनले बताए ।
यस्तो महान् काम गरेकोमा सम्झना योग्य भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । नेपाली सेनाले गरेको कामप्रति सधैँ नै सम्मान रहने लाङटाङवासीहरूले बताए ।