दोलखाको शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनसहन, कला परम्परा र त्यस क्षेत्रका बासिन्दाको सक्रियताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानबाट शैलुङ भ्रमण गर्नेहरूको सङ्ख्या बढ्दो छ । यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम् समाजसेवी रहेका छन् ।
समाजसेवी शोभित उप्रेतीका अनुसार पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको बताउँछन् ।
उप्रेतीकै पहलमा शुक्रवार काठमाडौँ वडा नम्बर ३१ का ६० जना ज्येष्ठ नागरिक शैलुङतर्फ लागेका छन् । त्यहाँ उनी हरले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए ।
शैलुङ भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरूले प्रसन्नता व्यक्त गरेका छन् । ६० जनाको टोली शनिवार साँझ काठमाडौँ फर्कनेछ ।