तामाङ अध्ययन प्रतिष्ठानले ‘नाटक मासिन्या’ माथि १५ वैशाख २०८१ शनिवार, दिउसो १ बजे बहस गर्ने भएको छ । बहस कार्यक्रम तामाङ अध्ययन प्रतिष्ठानको सभा कक्ष, बौद्ध, काठमाडौंमा हुने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा कुमारी लामा, सोनाम लामा, राजु स्याङ्तान, सुशीला तामाङले बहस गर्ने छन् ।
कुमारी लामा नेपाली साहित्यकी समालोचकका साथै त्रि। वि। पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । राजु स्याङतान कविरपत्रकार तथा नाटक मासिन्यका लेखक हुन् । सोनाम लामा विभिन्न नाटक तथा चलचित्रमा अभिनय गरेका छन् । उनी नाटक सोनाम ग्याल्मोका निर्देशक समेत हुन् । सुशीला तामाङ पत्रकार हुन् ।
कार्यक्रमको सहजकर्ता सन्जिला मोक्तान अनुसन्धाता हुन् । उनी मार्टिन चौतारीमा आवद्द छिन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1