रसुवामा वैशाख १६ गतेबाट हात्तीपाईले रोग निवारणका लागि अ‍ौषधि खुवाउदै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
161 Shares
धुन्चे, रसुवा

रसुवा जिल्ला को ५ वटै गाउँपालिका हरूमा बैशाख १६ गते वाट सात दिन सम्म हात्ती पाईले रोग को निवारण का लागि अ‍ौषधि खुवाईदै छ ।

जनस्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत भिमसागर गुरागाईका अनुसार २०८१ बैशाख १६ गतेदेखि २२ गतेसम्म नियमित रूपमा तालिम प्राप्त स्वास्थकर्मिहरूले सन्चालन गर्ने र घर नजिकैको वुथमा अ‍ौषधि खुवाईन्छ । यो अ‍ौषधि दुई वर्ष नपुगेका बालबालिकाहरू गर्भवती र सात दिनसम्मका सुत्केरी तथा अ‍ोछ्यानमा परेका सिकिस्त विरामिले खान नहुने यो अ‍ौषधि छुटफुट हुन सक्ने सम्भावनालाई मध्येनजर गरि बैशाख ३० गतेसम्म सन्चालन गरिने छ ।

हात्तीपाईले रोग निवारणका लागि राष्ट्रिय आम सेवन कार्यक्रम २०८१ बारे जानकारी दिन बैशाख १४ गते पत्रकार सम्मेलन गरि जनस्वास्थ्य अधिकृत गुरागाई ले भन्नुभयो यो आम अ‍ौषधि सेवन कार्यक्रम रसुवा सहित झापा,महोतरि,सर्लाही,रौतहट र कपिलवस्तु रहेको छ । यस कार्यक्रम सन्चालन हुने जिल्ला हरूमा अ‍ौषधि खान योग्य सवैलाई रोगवाट वचन अनुरोध गरिएको छ ।

शरिरमा हात्तीपाईले रोगको परजीवी भएका व्यक्ति हरूमा यो अ‍ौषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ । त्यसो भएमा अ‍ौषधि प्रभावकारी रूपमा काम गर्दैछ भन्ने वुझनुपर्छ र ती लक्षणहरू केही घण्टामा आफै हराएर जाने हुदा र केही गरि लक्षणहरू लामो समयसम्म रहिरहे नजिकैको स्वास्थ्य संस्था मा सल्लाह र उपचार का लागि सम्पर्क गर्नुपर्ने जनस्वास्थ्य अधिकृत गुरागाईले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका