एभरेस्ट म:म जाग्रेबले एक सय वटा टेलिमच (telemach) को सिम आफ्ना ग्राहकलाई नि:शुल्क उपलब्ध गराउने भएको छ । एभरेस्टले पुलिटो उस्लुगे (Pulito Usluge) कम्पनीको आग्रहमा सिम उपलब्ध गर्न लागिएको हो ।
क्रोएसियाको जाग्रेबस्थित इम्पोर्टन्ने सेन्टर(importanne center)का एभरेस्ट म:म ले शुक्रबारदेखि आफ्ना पहिलो एक सय जना ग्राहकहरुलाई सिम उपलब्ध गराउन सुरु गरेको इन्चार्ज सुग्रीम तामाङले बताए । इन्चार्ज तामाङका अनुसार पुलिटो कम्पनीका सम्पर्क व्यक्ति धरम दासले सिम एभरेस्टलाई जिम्मा दिएपछि ग्राहकलाई बाँड्न सुरु गरेका हुन् ।
`हामीले क्रोएसियामा रहेका नेपालीहरु लाभान्वित हुने देखेपछि नि:शुल्क सिम बाँड्न अग्रसर देखाएको हो´ एभरेस्टका इन्चार्ज तामाङले भने,` नयाँ /पुराना नेपाली जो आर्थिक झमेला झेल्नुपरेकोहरुलाई एक महिना भएपनि सिमले राहत दिनेछन् ।´ एभरेस्टले यसअघि क्रोएसियामा नेपालीहरुले गर्दै आएको विभिन्न कार्यक्रम, चलचित्र प्रदर्शनका लागि समेत सहयोग गर्दै आइरहेको इन्चार्ज तामाङको भनाइ छ ।
त्यस्तै एभरेस्ट म:म का सेफ अर्जुन गुरुङले नेपालीहरुलाई नेपालमै भएको महसुस गराउन लागिपरेको बताए ।` हामीले नेपाली परिकारहरुको स्वादसँगै विभिन्न सेवा सुबिधा नेपालीहरु माझमा पुर्याउदैँ आएका छौं ´ एभरेस्टका सेफ गुरुङले भने,`टेलिमच कम्पनीको नि:शुल्क सिम उपलब्ध पनि नेपालीहरु माझ पुगोस् र सदुपयोग होस् भन्ने हो ।´ एभरेस्टले एक सय थान नि:शुल्क सिम नेपालीहरुलाई वितरण गरिसकेपछि टेलिमचले पुनः सिम दिने बाचा गरेको सेफ गुरुङको भनाइ छ ।
त्यसैगरी एभरेस्टलाई टेलीमचका नि:शुल्क सिम उपलब्ध गर्ने धरम दासले कम्पनीको २ हजारभन्दा धेरै सिमहरु नि:शुल्क उपलब्ध गर्ने लक्ष लिएको बताए । दासका अनुसार कम्पनीले नेपाली रेस्टुरेन्ट, नेपाली धेरै भएका कम्पनी, नेपाली सैलुन लगायतमा नि:शुल्क सिम बाँड्न दिनेछन् ।
नि:शुल्क दिने सिममा कुल १६ जिबी डाटा, युरोपको सेन्जेनभर ८ सय कलिङ, ८ सय म्यासेजको सुबिधा रहेका छन् । सिम सुचारु गरेको एक महिनापछि रिचार्ज गरेर चलाउदा पुनः पहिलाको जस्तै सेवाहरु उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ८.९० युरो रिचार्ज गर्नुपर्ने छ ।
एभरेस्ट म:म को गूगलमा भने एभरेस्ट फास्ट फुड एसियन फ्यूजन (everest fast food asian fusion) छ । आप्पा कम्पनीद्वारा संचालित एभरेस्ट म:म सेन्टरमा तीन तामाङ युवाहरुको लगानी छन् । एभरेस्टमा म:म, चौमिन, थुक्पा, फ्रई राइस्, पानी पुरी, चटपटे, मसला चिया र सुशीका विभिन्न परिकार पाइन्छ ।