इलाम उपनिर्वाचन अपडेटः सुहाङको अग्रता कायमै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
फिक्कल (इलाम)

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरिएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार सात सय १३ मत प्राप्त गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का जितबहादुर राईले दुई सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले दुई सय ८५ मत प्राप्त गरिएको छ ।

कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका–१, २ र ३ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका