‘छ माया छपक्कै’ कोरियाको दुई सहरमा प्रर्दशनको तयारी

अन्य सहरहरूमा पनि प्रदर्शनको तयारी

दक्षिण कोरिया

नेपालमा यही असोज २४ (अक्टोबर ११) गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘छ माया छपक्कै’ कोरियाको दुई सहरमा प्रर्दशनको तयारी भइरहेको छ ।

कोरियाको राजधानी सउल र बुसान किम्हे सहरमा नोबेम्बर १७ गते प्रदर्शन गर्ने भएको छ । सउलमा नेपाल तामाङ संघ र किम्हेमा तामाङ समाज ख्यङ्साङ बुसानले प्रदर्शनको तयारी गरेको छ ।

सउलमा प्रदर्शनबाट प्राप्त आम्दानीबाट ‘तामाङ दिम’ ब्यवस्थापनको लागि खर्च गरिने आयोजकले जनाकारी दिए । तामाङ दिम तामाङ संघले संचालन गरिरहेको आवासगृह (सेल्टर) हो । त्यस्तै किम्हेमा हुने प्रदर्शनबाट ‘नाना-आङा दिम’ व्यवस्थापनको लागि खर्च गरिने बताए । नाना-आङा दिम किम्हे बुसार क्षेत्रको महिला सेल्टर हो । आयोजकका अनुसर कमेडी बिधामा बनेको चलचित्रले धेरै चलचित्र प्रेमी दर्शकहकलाई रमाइलो बनाई कोरियाको कामको थकानलाई मेटाउने छ ।

आमा सरस्वती मुभिज प्रा.लि.,रोहित अधिकारी फिल्मस् र आइएमइको प्रस्तुतिमा रोहित अधिकारीले चलचित्र निर्माण गरेको छ । पत्रकार दिप्रेन्द्र लामाको कथा र निर्देशन रहेको चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरेको थियो । निर्देशक लामाको यो ‘घामपानी’ र ‘गोपी’ पछिको निर्देशित चलचित्र हो ।

‘छ माया छपक्कै’ मा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा),जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टको मुख्य भुमिका अभिनय रहेको चलचित्र युनिटले बताएको छ । त्यस्तै बुध्दि तामाङ ९हैट०, प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

यो चलचित्र सउलको दोङ्देमुनको Jongno – gu Public Hall (종로 구민화관) हलमा प्रदर्शन हुने र टिकट मूल्य २०,००० वोन रहेको चलचित्र प्रदर्शन संयोजक बुद्ध लामाले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका