शैलुङमा निःशुल्क योग शिविर हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
दोलखा

शैलुङ गाउँपालिकाको आयोजना र पतंञ्जली योग समिति दोलखाको सहजीकरणमा निःशुल्क योग शिविर हुने भएको छ ।

वैशाख १९ देखि २३ गतेसम्म हुने योग शिविरमा पालिकाभरिका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण कर्मचारीहरूमा सहभागीताका लागि अनुरोध गरेका छन् ।

‘योग गरौँ, स्वस्थ बनौँ’ भन्ने नाराकासाथ शिविर आयोजना गरिएको पालिकाकी उपाध्यक्ष पार्वती कार्की थापाले जानकारी दिइन् ।

पालिकाले सूचना जारी गरी बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म शिविर सञ्चालन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया