नेपाली काङ्ग्रेस चतुराले गाउँ इकाई समिति नुवाकोटका संस्थापक सदस्य तत्कालीन चतुराले गाउँ पञ्चायतका गाउँ सभा सदस्य भक्तबहादुर ग्लान तामाङको ८० वर्षको उमेरमा निधन भएको छ ।
मङ्गलवार उनको निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।
उनलाई नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति एवं बागमती प्रदेश सांसद रमेशकुमार महतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिए । सभापति महतले झन्डा ओढाएर उनको साङ्गठनिक योगदानको कदर गर्दै पार्टीलाई सशक्त सुदृढ गर्दै लैजाने बताए ।
नेपाली काङ्ग्रेस ककनी वडा नम्बर ७ का सभापति गुणराज थपलियाका अनुसार तत्कालीन पञ्चायतकालमा गाउँ पञ्चायत सदस्य भएका र साबिक चतुराले गाविस (हाल ककनी गाउँपालिका-७ चतुराले) नुवाकोटको नेपाली काँग्रेस इकाई समितिलाई सशक्त बनाउने पिलरमध्येकै एक सदस्य तामाङको निधनले अपूरणीय क्षति पुगेको बताए ।
तामाङ नाताले नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश महासङ्घ कार्यसमिति सदस्य एवं सैलुङअनलाइनका प्रबन्धक अर्जुनबहादुर तामाङका दाजु हुन्।
श्रद्धाञ्जली सभामा वडाध्यक्ष रामकृष्ण तामाङसहित अन्य नेताहरूको उपस्थिति रहेका थिए ।
स्व. तामाङका ३ छोरा , ३ छोरी र एक श्रीमती रहेका छन् । उनको बौद्ध धर्म परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।