काठमाडौंका मुख्य व्यापारिक चोकहरू सुनसान (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

दशैँ मनाउन सर्वसाधारणहरू घरघर गएसँगै काठमाडौँ उपत्यकाका मुख्य बजार सुनसानजस्तै देखिएको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून देखिएका छन् भने सवारी साधनसमेत पातलिएका छन् ।

सुन्धारा, न्युरोड, असन, बागबजारलगायत काठमाडौंका मुख्य व्यापारिक चोकहरू सुनसान जस्तै छन् । विशालबजार, काठमाडौं मल, सिभिल मल, सिटी सेन्टर, पिपुल्स प्लाजालगायत दर्जन बढी सपिङ मलहरु बन्द छन् ।

ठुला पसलहरु नखोलेपछि फुटपाथका बजारलाई भने अवसर मिलेका छन् । फुटपाथमा व्यापारीहरु भने विभिन्न थरीथरीका सामनहरु बेच्नमा व्यस्त देखिन्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले दिएको तथ्याङ्कअनुसार करिब २४ लाखले दशैमा काठमाडौं छोडेको जानकारी छ । 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका