एमाले जुम्लाको अध्यक्षमा महत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
जुम्ला

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी हुनुभएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिनुभयो ।कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्याशी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे ।

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै हुनुहुन्थ्यो । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी भयो । उनका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् ।

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । उनका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरिएको छ । उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी भएको हो । उहाँका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरिएको छ । महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भयो । सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया