प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता सर्लाहीको हरिवनमा हुने भएको छ । हरिवन १० सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता माविको खेल मैदानमा सोमबारदेखि प्रतियोगिता सुरु हुने पत्रकार सम्मेलन गरी जानकारी दिए ।
हरिवन नगरपालिकाको आयोजनामा गरिन लागेको प्रतियोगितामा प्रदेश २ भित्रका सर्लाहीको दुई टिम, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका गरी ९ वटा टिमको सहभागी रहनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेता टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी गराए।
प्रतियोगिता ९ गते बाट सुरु भै १७ गते फाइनल हुनेछ ।
सम्मेलनमा हरिवनको विषयमा समेटी रचिएका गीतको अडियो पनि विमोचन गरिएको थियो । खेल संयोजक समेत रहेका स्थानीय विप्लव कार्कीको रचना रहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1