मूर्ति तालिम प्रभावकारी भएको छ : कार्यकारी निर्देशक दोङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
काठमाडौं‌

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आयोजना गरिएको एक महिने मूर्ति तालिम सम्पन्न भएको छ ।

बिहीबार नुब्री गुम्बा स्वयम्भूमा एक महिनासम्म भएको तालिमलाई समापन गरिएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले यो तालिम प्रभावकारी भएको बताए । उनले भने,‘एक महिनाको आधारभूत तालिमले सबैथोक त सिक्न सक्दैन । तर तपाईँहरूको मेहनत देखेर खुसी छु ।’

उनले अबको आर्थिक वर्षमा तालिमलाई एडभान्स कोर्ष निर्माण गरिएको जानकारी दिए ।

यस्तै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले आधारभूत ज्ञान सीप पाएको बताए । उनले भने,‘एक महिनामा जे सिक्यो त्यही नै ठुलो कुरा हो । त्यसपछिका अरू सिक्ने भनेको थप्दै जाने हो ।’

उनले भने,‘पूर्ण मूर्ति बनाउन त धेरै सिक्नुपर्छ र समय पनि दिनुपर्छ । यो सिकेर रोजगारी सिर्जना गर्न सकिन्छ ।’

उनले अहिले बजारमा थरी थरीका सामग्रीबाट मूर्तिहरू बन्दै आइरहेको पाइन्छ । तर परापूर्व कालदेखि सपु (माटो) बाट नै बनेको जानकारी दिए ।

तालिममा नुवाकोट, रसुवा, दोलखा, गोरखा, सिन्धुपाल्चोक लगायतबाट गुम्बाका लामा गुरु र तालिममा इच्छुहरूको सहभागिता रहेका थिए ।

तालिमको प्रशिक्षक छेवाङ लामा र सोनाम लामा रहेका थिए ।

कार्यक्रममा समितिका योजना अधिकृत सन्जु योङ्ग्या, राष्ट्रिय महिला तथा बालबालिका परिषद्का सदस्य इन्दिरा योन्जन लगायत रहेका थिए । कार्यक्रमको सहजीकरण समितिका कर्मचारी श्रेया योन्जनले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया