त्रिभुवन माविका १६७ जना विद्यार्थी खेलकुद र शैक्षिक सामग्री सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
नुवाकोट

जापानको नागोयास्थित इचिनोमियामा रहेको रोटरी योनेयामा-इचिनोमियाक्लबद्वारा नुवाकोटको किस्पाङ गाउँपालिकास्थित अर्चलेको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद र शैक्षिक सामग्रीहरू सहयोग गरेको छ।

जिल्लाकै विकट ठाउँमा रहेको सो विद्यालयका कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुलाई ब्याग,खेलकुद र अन्य शैक्षिक सामग्रीहरू क्लबका सदस्य प्रतीक कार्की र जापानी नागरिक लगायतका टोलीले विद्यालयमा एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो।

यस क्षेत्रमा तामाङ समुदायका बालबालिकाहरूको बाक्लो उपस्थिति रहेको छ। कार्की केही वर्षदेखि उक्त क्लबमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेका छन्।

उक्त क्लबले विभिन्न राष्ट्रहरूमा गरिब बालबालिकाहरूको लागी अनुदान दिँदै आइरहेको छ । यस पटक आफुले आफ्नो जन्मभूमि नेपाललाई पनि सहयोग गर्नुपर्छ भनेर कार्कीले अपिल गरेको हो । त्यसको फलस्वरूप हाललाई नुवाकोटको अर्चलेको विद्यालयलाई सहयोग गरिएको र अबदेखि हरेक वर्ष निरन्तर नेपालको विभिन्न जिल्लाहरूमा क्लबले सहयोग गर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका