शैलुङ गाउँपालिकाको आयोजनामा महिलाहरूका लागि नि:शुल्क प्रजनन स्वास्थ्य रुग्णता शिविर सम्पन्न भएको छ ।
वैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन शिविरमा गाउँपालिकाभरिका ३७२ जना महिलाहरूले विभिन्न रोगको परीक्षण र उपचार गरेका थिए ।
शिविरमा सामान्य परीक्षण १०८ जना, प्रजनन स्वास्थ्य रुग्णताको परीक्षण २६४ जना , आङ खस्ने समस्या भएका (Uterine prolapse) १७ जना, पाठेघर सम्बन्धी क्यान्सर भएका (VIA positive) १ जना, पाठेघर सुन्निएको (Cervicitis) २ जना, पाठेघरमा मासु पलाएको (Polyp) २ जना, Cyst १ जना र Cystocele १ जनाले गराएका थिए ।
शिविर पालिककी उपाध्यक्ष पार्वती कार्की थापाको अध्यक्षतामा सम्पन्न भएका थिए ।
शैलुङ गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, दोलखा शाखा र नेपाल रेडक्रस सोसाइटी,मागादेउरली उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।