राजनीतिक अस्थिरता विकासका लागि घातक: प्रवक्ता डा. महत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
काठमाडौं

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताएको हो ।

प्रवक्ता डा महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे ।

उनले भने, “चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

प्रवक्ता डा महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका