रसुवाको सदरमुकाम धुन्चेमा नबौं जिल्ला अधिवेशन २०८१ को उद्वघाटन समारोहमा पुगेका नेकपा एमाले का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धुन्चे गोसाईंकुण्ड केबलकार बनाउन पहल गर्ने बताएका छन् ।
वैशाख २२ र २३ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाको जिल्ला अधिवेशनका लागि २२ गते सदरमुकाम धुन्चे पुगेका ओलीले धुन्चे गोसाईंकुण्ड केबलकारको विषयमा धेरै अगाडिदेखि उठेको हो र यो कहाँ अडेको छ आफूले पहल गर्ने बताएका हुन् ।
उनले स्थानीय सरकारले युवालाई आयमूलक रोजगार सृजना गर्नुपर्ने र युवाहरूले पनि सामाजिक विकृति र विसङ्गतिलाई हटाएर सभ्य समाज निर्माण गर्नुपर्ने बताए।
उनीसँगै धर्म पत्नी राधिका शाक्य ,नेपाल सरकार का रक्षा मन्त्री हरि उप्रेती लगाएका शीर्ष विशिष्ट व्यक्तित्व लगायत जिल्ला का गन्यमान्य व्यक्ति हरूको उपस्थिति रहेको थियो । साथै ओली दम्पती गोसाईंकुण्डको समेत दर्शन गरिएको थियो ।