पासपोर्ट धितो राखी दशै मनाएका नेपालीलाई एनआरएनको सहयोग

रमजान दिन मिया संवाददाता
अल कासिम, साउदी

पासपोर्ट धितो राखेर दशै मनाएका नेपालीहरुलाई एनआरएन अल कासिमले मंगलबार खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

सामग्री झण्डै एक महिना अघि अञ्जुलीमा मेनपावरबाट अल फकिह पोल्ट्री कम्पनीका लागि आएका १० जना नेपालीहरुलाई सहयोग गरेको एनआरएन अल कासिमले जानकारी दिए ।

कम्पनीले सम्झौता अनुसार काम नदिई (मजरा) खेतीपाती गर्ने ठाउँमा खजुर टिप्न लगाएको पीडित नेपालीहरुको भनाइ छ  । खानापीनाका लागि कम्पनीले खर्च समेत नदिएपछि गत एक हप्तादेखि खजुर र पानीको भरमा बस्न बाध्य नेपालीहरुले बडा दशै मनाउन पसलमा पासपोर्ट धितो राखेर २ किलो चामल र दाल ल्याएको बताए ।

पीडित नेपालीहरुका बारेमा श्रमसहचारी अम्बिका अधिकारीलाई जानकारी गराएको एनआरएन साउदीका उपाध्यक्ष विशाल श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठलेले थपे समस्या समाधान नहुञ्जेलसम्म एनआरएन अल कासिमले दूतावाससँग समन्वय गरिरहन्छ ।पीडितहरुका बारेमा सामाजिक अभियान्ता शरिन ख्युङ्बाले जानकारी दिइएकी हुन्, उपाध्यक्ष श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया