टनम युवा क्लबले गर्‍यो जनचेतनासँगै सरसफाई

सैलुङअनलाइन संवाददाता
14 Shares
लिसंखुपाखर, सिन्धुपाल्चोक

टनम युवा क्लबले सिन्धुपाल्चोक लिसङ्खुपाखर-१ स्थित टनममा असोज १९ गते सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

क्लबले बडा दशै र तिहारको अवसर पारेर टोल सरसफाई रहे स्वस्थ रहन्छ र स्वास्थ्य नै जीवनको धन भएकाले सरसफाइको जरुरत रहेकाले कार्यक्रम गरेको अध्यक्ष रेञ्जेन लामाले जानकारी दिए । सरसफाइमा टोलबासीहरू सहभागीता रहेकोले क्लबलाई थप उर्जा मिलेको अध्यक्ष लामाले बताए ।

गुम्बा डाँडाबाट सुरु गरिएका सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम माने डाँडा, मोक्तान टोल, दलित टोल, मुलटोल, पराङटोल, च्यङटोल पुगि सकिएको क्लबले जानकारी दिए ।

विक्रम संवत् २०७५ मा स्थापना भएका क्लबले रक्तदान, विभिन्न रोगका बिरामीहरुलाई आर्थिक सहयोग र वडासँगको समन्वयमा विभिन्न सामाजिक कामहरू गरिसकेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका