नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जनार्दन ढकाल सर्वसम्मतले चयन भएको छ ।
सदरमुकाम धुन्चेमा वैशाख २३ गते भएको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मतले जनार्दन ढकाललाई अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिव पेम्बा लामा, उपसचिव सुकुबहादुर तामाङ,महिला उपसचिव चमेलि गुरुङलाई चयन गरेका हुन् ।
सदस्यहरूमा ७४ जना रहेका छन् । जिल्ला को ५ गाउँपालिका को २७ वटा वडालाई समेटेर लैजाने सबैको सहमति अनुसार नै ८० जनाको जिल्ला कमिटी निर्माण गरिएको अध्यक्ष ज ढकालले बताए ।
वैशाख २२ र २३ गते भएको नवौँ अधिवेशन अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी अोलिले उद्घाटन गरेपश्चात् सुरु भएको अधिवेशन व्यापक छलफल पश्चात् सहमतिमा नै ८० जनाको कार्य समिति बनाएको हो ।