रसुवामा डिभिजनल वन अधिकृतको रूपमा काम गर्ने अवसर पाउँदा गर्व महसुस भएको छु : प्रेमा थापा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
धुन्चे, रसुवा

मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा जन्मिएका हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ५ हाँडी गाउँ निवासीडिभिजनलवन कार्यालय रसुवामा भर्खरै ४ महिना भयो ।डिभिजनलवन अधिकृतको  रूपमा आउनुभएको उहाँको सरकारी जागिरे जीवनयात्रा भने २६ वर्ष पुरा भएको छ । कामको सिलसिलामा महिला पुरुषभन्दा पनि काम गर्नुपर्छ भन्ने उहाँको सोचाई रहेको छ । फरक सोचबाट काम गर्नुपर्छ भन्ने सोचाइ रहेको प्रेमा थापासँग गरिएको कुराकानीको अंश ।

सर्वप्रथम तपाईँलाई स्वागत छ ?

धन्यवाद ।

तपाईँलाई निजामती सेवा प्रवेशका लागि के कुराले प्रेरित गरेर लाग्नुभयो ?

मेरा जन्मघर मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका हो । हेटौँडा वन क्याम्पसमा  ( Forestry Campus) अध्ययन ( Isc forestry )  २०५० सालमा पुरा गरी सकेर २०५२ सालमा  Nepal UK Community Forestry Program  मा महिला रेन्जरको रूपमा भोजपुर जिल्ला बन कार्यालयमा कार्यरत भई कामकाज सुरु गरे । काम गर्दै जाँदामा तराईमा जन्मेको त्यही पहाडी भूभाग हुँदा फरक परिवेश काम गर्न सारै रमाइलो पनि भयो । सरकारी जागिरको मोह पनि बढेर आयो | २०५५/०१/२१ लोकसेवा पास गरी सरकारी सेवामा प्रवेश गरियो |

रसुवा जिल्लामा डिभिजनलवन अधिकृतको  रूपमा आउँदा कस्तो अनुभूति भयो  ? अरू ठाउँहरूमा भन्दा रसुवामा चाहिँ कस्तो अनुभव रह्यो ?

रसुवा जिल्लामाडिभिजनलवन अधिकृतको रूपमा काम गर्न पाउँदा मलाई गर्व महसुस भएको छ । मलाई यो पहाड हिमाल भने नौलो थिएन । मैले भोजपुर जिल्लामा ५ वर्ष काम गर्ने मौका पाएको थिए । अहिलेको  अवस्थामा अरू जिल्ला भन्दा  राजधानीको नजिक भए तापनि काम गर्नको लागि  भौगोलिक कठिनाइ त छदै छ । रसुवा जिल्लाको वन क्षेत्रमध्ये लगभग ६० प्रतिशत लाङटाङ राष्ट्रिय निकुञ्जले ओगटेको छ । ४० प्रतिशत  वन कार्यालयको रहेकोमा अधिकांश सुख्खा डाँडा रहेको छ ।

रसुवा जिल्लामा कति वन क्षेत्र रहेका छन् ? काम गर्न कतिको सहज भएको छ ?

रसुवा जिल्लामा कुल वन क्षेत्र १८ हजार १ सय २० हेक्टर रहेको छ । राष्ट्रिय वन १२५७०.३७ हेक्टर रहेको छ । सामुदायिक बनले ओगटेको क्षेत्र ६६१०.९२ हेक्टर रहेको छ । काम गर्न सहज नै रहेको  छ । त्यो  आफू गुणा हो । आफूले कसरी काममा कर्मचारीलाई काममा लगाउने भन्नेमा हो तर यस जिल्लामा पूरा दरवन्दी अनुसारको कर्मचारी हुनुहुन्न विशेषतः प्राविधिक कर्मचारी नै छैनन् ।

डिभिजनलवन अधिकृत भई तपाईँले कति जिल्लाहरूमा काम गर्नुभयो ? कामको दौरानमा दबाबहरू आउँछन् कि आउदैनन ?

डिभिजनलवन अधिकृतको  रूपमा मेरो  यो  पहिलो जिल्ला हो  । वन अधिकृतको रूपमा काम गरेको भने ११ वर्ष भयो  । कामको  दौरानमा यस जिल्लामा खासै दबाब गरेको मैले पाएको छैन । किनकि हामी महिलाहरूले काममा आउँदा म महिला हुँ भन्ने बिर्सनुपर्छ जस्तो लाग्छ । मलाई त्यसो गर्दा खासै समस्या भोग्नु पर्दैन तर हामी महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक छ  त्यसलाई चिर्न सक्नुपर्छ ।

यसडिभिजनलवन कार्यालयमा तपाईँ आइसकेपछि के कस्ता कामहरू  भए र हुन बाँकी छन् ?

म रसुवाडिभिजनलवन कार्यालय आएको भर्खरै चार महिना भयो । नयाँ काम भन्दा पनि यस वर्ष २०८०/२०८१ को कार्यक्रम गर्दै छौ । यस जिल्लामा कुनै सबडिभिजनलवन कार्यालय नरहेको जिल्लाबाटै सबै काम गर्ने गरेको र पौष महिनामा नयाँ  ONM  लागू भएपछि उतरगया र थम्वुचेतमा एक एक गरी दुई वटा सबडिभिजनलवन कार्यालय स्थापना गरेका छौ । अर्को चाही १५ वर्ष  अगाडि आगलागी भएको स्थान आमाछोदिङमो गाउँपालिका ६ गत्लाङमा ज्यार्सागोठेन् सामुदायिक वनबाट ४ हजार ७ सय ८३.२९ क्युफिट काठ  निकाल्नको लागि प्रक्रिया अगाडि बढाएका छौ । अरू कामकाज नियमित रूपमा भइरहेको छ । विशेष डढेलोको कारणले काम गर्न भने निकै गाह्रो रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया