शंखरापुर नगरभित्रका विद्यालयहरूमा तामाङ र नेवार भाषाको कक्षा सञ्चालन गर्न माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
175 Shares
काठमाडौं‌

शंखरापुर नगरपालिकाभित्रका विद्यालयहरूमा तामाङ तथा नेवारको कक्षा सञ्चालन गर्न माग गरेका छन् ।

मङ्गलवार नगर प्रमुख रमेश नापित समक्ष तामाङ मातृभाषा शिक्षा अध्यापन तथा नामाङ्कन सङ्घर्ष समितिद्वारा ज्ञापन पत्र बुझाउँदै नगरपालिकामा मातृभाषा कक्षा सञ्चालन गर्न आवश्यक व्यवस्थापन साथै यथाशीघ्र मातृभाषा अध्यापन शिक्षक व्यवस्थापन गर्न माग गरेका हुन् ।

ज्ञापन पत्रमा लेखिएको छ, ‘नेपालको संविधान २०७२ को अनुसूची ८ को नं ८ , सोही संविधानको भाग –३ को उपधारा ५ अन्तर्गत नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक तथा सोही भागको धारा ३२ को उपधाराहरू समेतका आधारमा तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को नियम ११ र त्यसको उपनियम २ समेतको आधारहरूमा शंखरापुर नगरपालिकाभित्र तामाङ तथा नेवार समुदायको बाहुल्यता रहेको वडा अन्तर्गतका विद्यालयहरूमा तामाङ तथा नेवारी भाषाको मातृभाषा कक्षा सञ्चालन गर्न आवश्यक व्यवस्थापन साथै यथाशीघ्र मातृभाषा अध्यापन शिक्षक व्यवस्थापन गर्न हार्दिक अनुरोध गर्दछु ।’

‘बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित भएर मिति २०८१ वैशाख २४ बाट ऐन कार्यान्वयनको घोषणा समेत भइसकेको सन्दर्भमा शंखरापुर नगरपालिकालाई तामाङ समुदायको मौलिक नाम दुङह्युल नामाङ्कन गर्न श्रीमान् समक्ष अनुरोध साथ यो ज्ञापन पत्र पेस गर्दछु’, सङ्घर्ष समितिका संयोजक कुमार मोक्तानद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका