एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
ताप्लेजुङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२ औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित ‍भएको छ ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका